खानपान

गाईको घिउ : अनेकौं रोगमा लाभदायी

cow ghee

७ असोज, काठमाडौं । गाईको दूधबाट बनाइएको घिउ नेपालीहरूले प्रायः प्रयोग गरिरहेका हुन्छन् । यसले खानाको स्वाद दुईगुणा बढाउँछ र यो स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

यसमा अनेक किसिमका एसिड र बीटा क्यारोटीन पाइन्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यसका अन्य फाइदा पनि जानिराखौं ।

कानको पीडा
कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।

हातगोडा पोल्ने
हातगोडा पोल्ने समस्या आइलागेमा गाईको घिउ पाइतलामा मालिश गर्दा ठीक हुन्छ

बाडुली
लामो समयसम्म बाडुली लागेर समस्या आएमा आधी चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।

कपाल झर्ने
कपाल झर्ने समस्या आजकल धेरैले भगिरहेका छन् । धेरै महिलाहरू यसबाट ग्रस्त छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।

एसिडिटी
एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुपर्छ । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस