खेलकुद समाचार

राजस्थानसँग चेन्नई १६ रनले पराजित

rajisthan vs chennai

७ असोज, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको हो । यूएईको शारजाहमा खेलिएको खेलमा राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।

राजस्थानको जीतमा सञ्जू सैमसन र स्पीनर राहुल तेवतिया नायक रहे । सैमसनले ३२ बलमा ७४ रनको विस्फोटक पारी खेले भने तेवतियाले चेन्नईका तीन महत्त्वपूर्ण विकेट लिए ।

लक्ष्य पछ्याउन उत्रेको चेन्नईलाई ३३ रन बनाएका शेन वाटसन र २१ रन बनाएका मुरली विजयीले राम्रो शुरुवात दिलाए  । तर, सातौँ ओभरमा तेवातियाले वाटसनलाई आउट गरे । आफ्नो दोस्रो ओभरको अन्तिम दुई बलमा सैम करण र रितुराज गायवाडलाई आफ्नो निशाना बनाए पछि खेल राजस्थानको पक्षमा पुगेको थियो ।

यसअघि, राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । राजस्थानका लागि कप्तान स्टिभ स्मिथले ४७ बलमा ६९ रन बनाए भने अन्त्यतिर जोफ्रा आर्चरले ८ बल मा चार छक्का सहित २७ रनको योगदान दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *