
७ असोज, काठमाडौं । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्तै यो न्युन चापिय क्षेत्र पश्चिम/उत्तरपश्चिमतिर सरेको पनि महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । बिहीबार पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।