
७ असोज, बुटवल । पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।
मंगलबारराति देखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा पहिरो खस्दा बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वर्षाको बेला पटक–पटक अवरुद्ध हुने यो सडक खुलाउनको लागि सडक डिभिजनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि बुटवलबाट पाल्पा,गुल्मी,स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस