स्वास्थ्य

पोख्रेली पानीको ब्राण्ड पिउरो अब काठमाडौंको बजारमा

piuro

७ असोज, काठमाडौं । गुणस्तर र प्याकेजिङमा पोख्रेली ग्राहकको मन जित्न सफल पानीको ब्राण्ड पिउरो काठमाडौं उपत्यकामा पनि बिक्री सुरु भएको छ । ज्ञान फुड एण्ड बेभरेज प्रालिको उत्पादन पिउरोको एक लिटरको आकर्षक बोतलमा उपलब्ध छ ।

उपत्यकाको लोकप्रिय अनलाइन सपिङ स्टोर ग्यापु डटकममा प्रोडक्ट लन्चिङ गरिएको पिउरो पहिलो एक महिना ग्यापु मार्फत होम डेलिभरी गरिने र एक महिना पछि पसलहरुमा उपाब्ध हुने बताइएको छ ।

पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ । खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पुर्ण रुपमा पालना गरि उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देश अशोक खड्का बताउँछन् । उनी भन्छन् “खाद्यको टिम अनुगमनमा आउँदा एक महिनाको अन्तरमा गुणस्तर परिक्षण गरेको ल्याब रिपोर्ट फ्याक्ट्रीमा राख्न भने पनि हामीले हरेक हप्ता परिक्षण गर्दै आएका छौं र ग्राहकलाई समेत ल्याब रिपोर्ट उपलब्ध गराउँछौं ।”

पिउरोले इच्छुक हरेक ग्राहकलाई फ्याक्ट्री भिजिट गराउंदै आएको खड्का बताउँछन् । उनी थप्छन् “हामी ग्राहकको स्वास्थ्य प्रती सचेत छौं । त्यसैले लुकाउनु पर्ने केही छैन । साथै अहिले कोभिड १९ विषम परिस्थितिमा थप स्वास्थ सुरक्षाका सावधानी अपनाएर काम गरेका छौं ।”

पिउरोले पोखरा र आसपासका सहरमा एक लिटर बोतल सँगै बीस लिटरको जार पनि बिक्रि गर्दै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस