समाचार

बाघको छाला, सालकको खपेटा, आखेटोपहारसहित एक पक्राउ

badh chhala tiger skin

७ असोज, कास्की । कास्की प्रहरी कार्यालयले बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक  जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ साढे ६ बजे वन्यतन्तुको अवैध ओसारपोसार तथा कारोबार गरेको आरोपमा प्रहरीले धादिङ गल्छी गाउँपालिका- ४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अन्य ठाँउबाट आएर कास्कीमा वन्यजन्तुको अवैध ओसारपसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचना पाएको थियो । सोही सूचनाको आधारमा जिल्ला र ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरीको टोली खटिएको थियो ।

055554891tigerप्रहरीले पोखरा महानगरपालिका-३१ शिसुवाबाट वनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पछाडी जेब्रा झोलामा लुकाईछिपाई ल्याएको अवैध वन्यजन्तुको आखेटोपहारसहित लामिछाने पक्राउ परेको कास्कीका एसपी जीवन श्रेष्ठले बताए ।

अनलाइन सर्भिसको काम गर्दै आएका लामिछानेको साथबाट अवैध बाघको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा गरी अन्दाजी ३ केजी ७५० ग्राम बरामद भएको एसपी श्रेष्ठले जानकारी दिए ।

लामिछाने अवैध रुपमा बाघको छाला, सालकको खपेटा र आखेटोपहार बेच्नकै लागि काठमाडौँबाट पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले जानकारी दिए ।

लामिछानेलाई बरामद सामानसहित थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, कास्की पठाइएको एसपी श्रेष्ठले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस