
७ असोज, कैलाली । खेतमा खुल्ला छोडिएको बिद्युतीय तारबाट करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने वर्ष २९ का रघुवीरसिंह धामी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले खेतमा बाली बचाउनका लागि जंगली जनावरलाई पासो थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने बताए ।
उनले खेतबारीको बीचबाट गएको बिजुलीको पोलबाट तार हुक गरेर जालो बनाइ करेन्ट प्रवाह गरिएको पाइएको बताए ।
आज बिहान करिब साढे ३ बजेतिर करेन्ट लागेर मृत्यु भएको धामीलाई खेतमै छोडेर भागेका ५ जनालाई ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस