समाचार

विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीकाे मृत्यु

Corrent okhaldhunga

७ असोज, ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर हाइड्रोका एक कर्मचारीकाे मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका १२ भँडारे सिमलडाँडामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर मोलुङ हाइड्रोमा कार्यरत सुपरभाइजर मोलुङ–१ कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार बिहान करिब १०ः४५ बजेको समयमा बिद्युत लाईन कट गरेर बिद्युतको पोलमा चढेका उनको पोलमै झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा खत्रीको विद्युतको पोलमै मृत्यु भएको पाइएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जनाकारी दिए  ।

विद्युत मर्मतका लागी पोलमा चढेर जम्पर छुट्टाउने क्रममा करेन्ट सर्ट भई उनलाई लागेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक खत्रीको शव पोलमै झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस