समाचार

अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गरौं, खाना/खाजा घरबाटै बोकौं : यातायात विभाग

yatayat 1

यातायात व्यवस्था विभागले अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गर्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले गत असोज १ गतेदेखि सबै खाले लामा तथा छोटा दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएपनि अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

सार्वजनिक यातायातमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै विभागले सकेसम्म सार्वजनिक यातायात प्रयोग नै नगर्न र गर्नै पर्ने भएपनि सुरक्षित रहेर मास्क, सेनिटाइजर प्रयोग गरेर मात्र यात्र गर्न भनेको छ ।

साथै, लामो दूरीको यात्रामा खाजा, नास्ता आफ्नै घरबाटै प्याकिङ्ग गरेर हिँड्न समेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सार्वजनिक होटल तथा खाजा घरहरुमा भिडभाड हुने र संक्रमणको जोखिम उच्च रहने भन्दै विभागले यस्तो निर्देशन गरेको हो । खाजा, नास्ता खुवाउने होटल तथा रेष्टुरेन्टहरुलाई सुरक्षित रहि स्वस्थ खाना नास्ताको प्याकिङ्गको व्यवस्था गरिदिन समेत विभागले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस