
७ असोज, बुटवल । आज (बुधवार) कपिलवस्तुबाट २ जना महिलालाई ३७ केजी चरेससहित प्रहरीले पक्राउ गरको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जाँदै गरेका अवस्थामा ३७ केजी चरेस सहित २ जन महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनोहरी गाँउपालिका ९ की ४० वर्षीय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भइ हाल कपिलवस्तुको जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ वर्षीय बसन्ती घर्ती रहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस