राजनीति

डा. केसीका माग पूरा गरी जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई कांग्रेसको अपिल

bishwa prakash sharma

७ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्स शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग पूरा गरी जीवन रक्षा गर्न प्रधानमन्त्रीसँग अपिल गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता टोली गठन गरेर डा. केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वयनको तदारुकताका साथ प्रस्तुत हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । जुम्लामा पुगेर २९ भदौमा अनसन बसेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।

प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते सरकारले गरेको सम्झौता उल्लंघन नभएको भए अहिलेको परिस्थिति नआउने कांग्रेसले बताएको छ । उसले भनेको छ, ‘डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।’

साथै उसले काठमाडौं आएपछि जबरजस्ती ट्रमा सेन्टरमा लैजानुले सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर भएको कांग्रेसले बताएको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *