समाचार

सार्वजनिक यातायातमा बढाइएको भाडादर खारेज गर्न १३ विद्यार्थी संगठनको सात दिने अल्टिमेटम

student union

७ असोज, काठमाडौं । सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको ५० प्रतिशत भाडादर खारेज गर्न १३ विद्यार्थी संगठनले माग गरेका छन् । लामो तथा छोटो दूरीका सवारी साधनमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गरिएकोमा बढाइएको भाडादर खारेज गर्न उनीहरूले माग गरेका हुन् ।

संयूक्त बिध्यार्थी संगठनका तर्फबाट मन्त्री नेम्वाङलाई सात दिने अल्टिमेटमसहित मागपत्र बुझाएको अनेरास्ववियू नेत्री सुनिता बरालले बताइन् । उनीहरूले हवाइजहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिएको तर सार्वजनिक बसहरूमा आधा मात्रै यात्रु चढाउने निर्णय अपरिपक्व र अव्यवहारिक भएको बताएका छन् ।

विद्यार्थीले ५० प्रतिशत बढेको भाडा तिर्न नसक्ने उनीहरूको भनाइ छ । बढाइएको भाडा खारेज गर्दै विद्यार्थीलाई सहुलियत दिन पनि १३ विद्यार्थी संगठनले माग गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस