समाचार

नेपाल चीनबीच कुनै सीमा विवाद छैन: परराष्ट्रमन्त्री ज्ञवाली

pradip

७ असोज, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमीमा चीनले भवन बनाएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार साँझ मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले स्थलगत अध्ययनका लागि गएको टोली फर्केर आएपछि सत्यतथ्य जानकारी गराउने उल्लेख गरेका छन् ।

उनले सिडियोको टोली स्थलगत अध्ययनका लागि गएको र सत्यतथ्य आउने उल्लेख गरे । २०७३ सालमा बनेको अन्तर मन्त्रालय टोलीले सो भवन चिनियाँ भूभागमै बनेकाे भनेर प्रतिवेदन दिएको उनले जानकारी दिए ।

‘२०७३ सालमा पनि यस्तै समाचारहरु आएपछि त्यस बेलाको सरकारले अन्तर मन्त्रालय टोली निर्माण गरेर अध्ययन गराएको थियो । त्यसले ती भवनहरु चीन क्षेत्रमा एक किलोमिटर भित्र बनेको प्रतिवेदन दिएको थियो’ ज्ञवालीले भने, ‘यस्तो संवदेनशील विषयमा समाचार प्रकाशित गर्नुअघि त्यस सम्बन्धित विभागहरुमा बुझ्न आग्रह गर्दछु । नेपाल र चीनबीच सीमा विवाद छैन ।’

यस्तै नेपाल–चीन नाका रसुवागढी नाकामा नेपाली सामान रोकिएकोबारे कुटनीतिक प्रयासबाट नाका खुलाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।  आज विसिजी खोप लगायतका सामग्री आएको र एकसाताभित्र त्यहाँ रोकिएको सामग्री नेपाल आउन थाल्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस