समाचार

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

rasuwagadhi naka

७ असोज, काठमाडौं । रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक  स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।

आयात भएका ती सामग्रीको  भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको  जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए ।

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री  रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *