समाचार

आजको मौसम पूर्वानुमानः आज पनि अति भारी वर्षा

Heavy Rain

८ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पूर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तर-पश्चिम सर्दैछ ।

अहिले देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानहरुमा अति भारी वर्षाको  समेत संभावना रहेको छ।

यस्तै,  देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १,  प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानहरुमा अति भारी वर्षाको  समेत संभावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस