
८ असोज, सप्तरी । कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत कार्यालय सहयोगी सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले जानकारी दिए ।
उनको ११ दिनअघि स्वाव परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको राजविराजस्थित एक अस्पतालमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस