समाचार

मोरङमा फलफुल र तरकारी पसल आगलागी, १० लाख बढीको क्षति

morang agolagi

८ असोज, मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकमा बुधबार राति फलफूल र तरकारी पसलमा आगलागी भएको छ । श्यामबाबु सुँडीको फलफूल र सुम्निमा श्रेष्ठको तरकारी पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

उनका अनुसार सुँडी र श्रेष्ठले पूर्णप्रसाद ढकालको जग्गामा संरचना बनाएर पसल सञ्चालन गर्दै आएका थिए । फुलफूल र तरकारीको गोदाम नै रहेको घरमा राति १० बजेतिर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगलागीबाट १० लाख बढीको क्षति भएको प्रनि ढकालले बताए । उनका अनुसार आगोले दुवै पसल र पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

आगो बेलबारी र सुन्दरहरैचा नगरपालिकाबाट गएका दमकल, स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा नियन्त्रणमा लिइएको थियो । गएको असार १४ गते पनि सोही स्थानमा रहेका तीनवटा होटलमा आगलागी हुदाँ ६ जना घाइते भएका थिए। ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *