
८ असोज, काठमाडौं । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार १ सय २०रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस