८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर र १० जना सवारी चालक माग गरेको छ । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जना र सिद्धार्थनगर कार्यालयमा एक जना सिभिल इन्जिनियर माग गरिएको हो ।
सिभिल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरि दुई वर्षको कार्यानुभव भएकाले निवेदन दिन सक्ने बैंकले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले असोज २२ गतेसम्ममा आवेदन दिन सक्ने छन् । सिभिल इन्जिनियरको मासिक तलब ५९ हजार ७०० रुपैयाँसहित अन्य सुविधा रहनेछ । करार अवधि ६ महिनाको रहेको छ ।
त्यस्तै राष्ट्र बैंकले १० जना ड्राइभर माग गरेको छ । ड्राइभरको मासिक तलब २८ हजार रुपैयाँ रहेको छ भने खाजा खर्च २ हजार रुपैयाँसहित अन्य सुविधाहरु पाउनेछन् । सवारी चालकको हकमा १० वर्षको कार्यानुभव हुनु पर्नेछ । इच्छुक नेपाली नागरिकले असोज २२ गतेसम्ममा निवेदन दिनु पर्नेछ ।