समाचार

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

rape

८ असोज, बझाङ । बझाङ जिल्लाको मष्टा गाँउपालिका–२ की एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काका अनुसार बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको छ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ डीएसपी खड्काले भने ।

पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेको थियो । परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेको डीएसपी खड्काले जानकारी दिए । उनले भने, ‘आफन्तले नै प्रहरीलाई खबर गरेका हुन् ।’

बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको परिवारले दावी गरेको छ । बालिकाका बुबाआमा भने रोजगारीका सिलसिलामा भारतमा छन् । छोरीको मृत्यु खबर पाएलगत्तै उनीहरु नेपाल फकिँदै छन् ।

मृतक बालिकाको शव पोस्टमार्टमको लागि चैनपुर लगिएको खड्काले बताए । घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । घटनामा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस