
८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन् । स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो । चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह डिस्चार्ज भएका थिए ।
चिकित्सकको सल्लाहबमोजिम केही दिन होम आइसोलेसनमा बसेकका कोइरालाले १७ दिनमा कोरोना जितेका छन् । तर कोइरालाका मुख्य स्वकीय सचिव भरत तिवारीमा भने बुधबार कोरोना पोजेटिभ देखिएको छ ।
यसअघि भन्दौ २३ मा उनमा कोरोना नेगेटिभ देखिएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार पिसिआर परीक्षण गरिँदा आफूमा कोरोना पोजेटिभ देखिएको तिवारीले जानकारी दिए ।