समाचार

बाग्लुङमा गोठ भत्किँदा बेपत्ताको शव भेटियो

bead body tag

८ असोज, बाग्लुङ । अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो । आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर खोजी गर्दा उहाँको शव फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए ।

ढुङ्गामाटोको गोठ अचानक बुधबार साँझ भत्केको हो । गोठ भत्केको थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरीक्षक विनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घटनास्थल पुगेको थियो । आज जिल्लाको उद्धार टोली पुगेपछि मात्रै खातीको शव फेला परेको हो । गोठमा एक भैँसीसहित अन्य चौपाया पनि मरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस