समाचार

काठमाडौं उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित

Kathmandu

८ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६०९, भक्तपुरका ५१  र ललितपुरका ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बिहीबार नेपालमा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस