
८ असोज, काठमाडौं । चितवनमा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा चितवनमा थप १३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका संक्रमितमध्ये ७९ जना पुरुष र ५८ जना महिला रहेका छन् ।
यस्तै, बिहीबार नेपालमा थप १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । संक्रमितमध्ये ५० हजार ४११ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४५३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस