समाचार

पाँच वर्ष अघि लेलेको जंगलमा युवतीको हत्या गर्ने पक्राउ

hatyara

८ असोज, काठमाडौं । ललितपुरको लेलेस्थित जंगलमा पाँच वर्ष अघि युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार १ बजे सिराहा घर भइ काठमाडौंको मैतिदेवी बस्ने २४ वर्षीय रविकुमार यादवलाई पक्राउ गरेको हो ।

दुई जना पुरूषले २०७२ साल बैशाख १५ गते बिहान साढे नौ बजे गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदायिक वनमा ईटहरी नगरपालिका ४ घर भई ललितपुरको चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको हत्या गरेका थिए ।

परियारको घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

त्यस्तै यस घटनामा संलग्न अर्का एकजना अझै फरार छन् । उनको खोजी भइरहेको एसएसपी थापाले बताए । आरतीको हत्यापछि रवि कुमार लामो समय भारतको बैंङ्गलोरमा गएर बसेका थिए । उनी नेपाल फर्केको सुराक पाएपछि प्रहरीले उनलाई पिछा गरेको थियो ।

बिहिबार पक्राउ गरिएका हत्या आरोपीलाई आवश्यक कारवाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत चापागाउँमा पठाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस