समाचार

अनसनरत् डा. केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन

kc swab

८ असोज, काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दैै अनसनरत् डा. गोविन्द केसीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेका डा केसीको बिहीबार स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएको छ । डा. केसीको स्वाबको नतिजा शुक्रबारसम्ममा प्राप्त हुने अस्पतालको भनाइ छ ।

११ दिनअघि जुम्लामा अनसन सुरु गरेका डा केसी असुरक्षाको महसुस भएको भन्दै मंगलबार काठमाडौं आएका थिए । काठमाडौं आएपछि सरकारले जबर्जस्ती उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । तर त्यहाँबाट स्वेच्छिक डिस्चार्ज लिएर उनी शिक्षण अस्पताल गएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस