
८ असोज, काठमाडौं । ओपोले आगामी असोज ११ गते आफ्नो नयाँ स्मार्टफोन ओपो एफ १७ प्रो सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब)मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्टमार्फत एफ १७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।
लाइभ लञ्च ईभेन्टमा नेपाली चलचित्र जगतका चर्चित कलाकारहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिति रहनेछ ।
अग्रगामी सोचसहितका डिजाइनमार्फत ओपोले उपभोक्तालाई प्रविधिमार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ ।
एफ १७ सिरिजमार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्ड सेटर्स यूवाहरुका लागि एफसिरिजको नयाँ समिकरण ओपो एफ १७ प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्याशचार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्ले र नवप्रवर्तनात्मक शाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गराएको ओपाले जनाएको छ ।