समाचार

लुम्बिनी प्रदेशिक अस्पतालका मेसुलाई पनि कोरोना संक्रमण

dr rajendra prasad khanal

८ असोज,बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाल कोरोना संक्रमित भएका छन् ।

डा. खनालले आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेको उल्लेख गर्दै उनले होम आइसोलेशनमा बसेको जानकारी गराएका छन् ।

आफूलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै उनले छिट्टै निको भएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

आफूसँग पछिल्लो ४-५ दिनदेखि नजिक भएकाहरुमा लक्षण छन् भने अस्पतालको फिभर क्लिनिकमा आएर निःशुल्क पीसीआर टेस्ट गराउन र लक्षण नभएकाहरु ५-७ दिनको सेल्फ आइसोलेशनमा बसेर सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेशिक अस्पतालमा हालसम्म २५ जना भन्दा बढी कोरोना संक्रमित भएका छन् । पछिल्लोपटक डा.खनाललाई संक्रमण भएको हो । अन्य संक्रमित भने उपचारपछि काममा फर्किएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस