समाचार

बैंकिङ कसुरमा झण्डै १२ करोड जरिवाना तोकिएकी प्रतिवादी पक्राउ

arrest

८ असोज, काठमाडौं । बैंकिङ कसुरमा झण्डै १२ करोड जरिवाना र तीन वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय बनेपाले ५६ वर्षीया जयन्ती केसीलाई काभ्रे बनेपा नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको टोलीले बुधबार पक्राउ गरेको काभ्रेका प्रहरी प्रमुख एसपी रविराज पौडेलले जानकारी दिए ।

उनका अनुसार उनलाई उच्च अदालत, पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा ९ करोड ४७ लाख ९२ हजार एक सय १६ रुपैयाँ र दुई करोड ३५ लाख गरी ११ करोड ८२ लाख ९२ हजार एक सय १६ रुपैयाँ जरिवाना सजायको फैसला सुनाएको थियो ।

अदालतले २९ वैशाख २०७१ मा दुई वटा मुद्दामा उनलाई दोषी ठहर्‍याउँदै ३/३ वर्ष कैद सजाय समेत गरेको पौडेलले बताए । अदालतको आदेशपछि उनी फरार थिइन् ।

पक्राउ गरेलगत्तै उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धुलिखेल पठाइएकोमा अदालतलको आदेशले उनलाई जिल्ला कारागार, धुलिखेल पठाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *