समाचार

एसिड आक्रमण गर्नेलाई कडा कारवाही गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय

Cabinet Meeting of Nepal

८ असोज, काठमाडौं । पछिल्लो समय एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले आक्रमणकारीलाई कारबाही गर्ने कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ ।

संसदीय समितिका साथै सरोकारवालाले कडा कानुन बनाएर आक्रमणकारीलाई कारबाही गर्न सुझाएको सन्दर्भमा सरकारले सोसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए ।

त्यसका लागि उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका थिए । एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानुनमा व्यवस्था गर्न लागिएको  बुझिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *