विश्व/प्रवास

कृषि विधेयकको विरोधमा भारतभर चक्काजाम

india jam

९ असोज, काठमाडौं । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन् ।

सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् ।

भारतीय किसानहरुको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा भइरहेको छ । पंजाबमा त बिहिबार नै रेल रोक भन्ने अभियान चलाइएको छ । किसान संगठनका अनुसार शुक्रबार पूरा देशभरी यी विधेयकविरुद्ध प्रदर्शन हुनेछ ।

भारतीय किसान युनियन (बिकेयू) ले उत्तर प्रदेशमा शुक्रबार चक्का जाम गर्ने तयारी गरिरहेको छ । बिकेयूसँग सम्बन्धित किसान नेता धर्मेन्द्र सिंहले पश्चिमी उत्तर प्रदेशका सबै जिल्लामा शुक्रबार बिहान १० बजेदेखि बेलुका चार बजेसम्म चक्का जाम गरिने जानकारी दिए ।

यस्तै किसान संगठनका संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले शुक्रबार देशभरी पूर्ण बन्द आह्वान गरेको छ ।

 यो समितिमा भारतका १२ किसान संगठन समावेश छन् र यी कुनै राजनीतिक दलसँग सम्बन्धित छैनन् । यूपी, मध्य प्रदेश, कर्नाटक, तमिनाडु, पंजाब र हरियाणामा यी संगठनको व्यापक उपस्थिती छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस