समाचार

शुक्रबार पनि वर्षा जारी रहने, यस्तो रहनेछ दिनभरको अवस्था

weather mausam

९ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ ।

महाशाखाले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने,  प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *