
९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको छ ।
कोरोना महामारीका कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि शुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको हो ।
आन्दोलनरत नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारी र त्रिविको तर्फबाट गंगाबहादुर मगर र बीच विहीबार सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस