समाचार

लगातार घटेको सुनको मूल्य फेरि बढ्यो

gold shop

९ असोज, काठमाडौं । लगातार ३ दिन घटेको सुनको मूल्य आज भने एकै दिन ८ सयले बढेको छ ।

नेपाली बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । मंगलबार १७ सयले घटेको सुन बुधबार पनि १२ सयले घटेको थियो । विहिबार सुन १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुन पनि बढेको छ । आज ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।

केही दिनदेखि घटेको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाले वृद्धि भई ११ सय ६० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस