९ असोज, काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
राजविराजका ७० वर्षीय पुरुष र मोरङ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालमा प्रवक्त डा निदेश सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठिनाइ र निमोनियाको लक्षण देखिनुका साथै कोरोनाभाइरसको संक्रमणपुष्टि भएपछि गजेन्द्र नारायणपिसंह अस्पताल राजविराजले रिफर गरेको थियो ।
गत २५ गते संक्रमण पुष्टि भएका उनमा अन्य दीर्घरोग बारे जानकारी नरहेको अस्पतालले जनाएको छ । उनको बिहीबार राति ११ बजे निधन भएको हो ।
त्यस्तै, मोरङ कानेपोखरी १ का संक्रमितको पनि बिहीबार साँझ ८ः३० बजे निधन भएको थियो । विगतमा आन्द्राको क्यान्सर भएका उनको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था थियो । उनको अपरेशन पश्चात उपचार भइरहेको थियो ।