
९ असोज, काठमाडौं । दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा आज निधन भएको हो । उनको चेन्नइको अस्पतालमा निधन भएको हो ।
सन् १९८० को दशकदेखि गाउन थालेका सुब्रमण्यमले १९८१ मा पहिलोपटक हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा गाएका थिए । यो गीतबाट उनले नेशनल अवार्ड जितेका थिए ।
विश्वमा सबैभन्दा बढी गीत गाएको गिनिज वर्ल्ड रेकर्ड पनि उनकै नाममा छ । उनले करिब ४० हजार गीत गाएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस