अटो

गोदरेजको ल्यायो फेस्टिभ अफर, २५% सम्म क्यास ब्याक पनि

godrej offer

९ असोज, काठमाडौं । नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्राण्ड मध्येको एक गोदरेज एपलायन्सले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी अफरहरु सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाडलाई लक्षित गरी गोदरेजले ‘हेल्दी फर यू, हेल्दी फर द प्लानेट’को नारासहित २५ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको हो ।

नेपाली बजारमा गोदरेजका सिंगल र डबल डोर रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामाग्रीहरु उपलब्ध छन् । कम्पनीले अभिरोशिल्ड भन्ने नया सामाग्री उत्पादन गरेको छ । नेपाली बजारमा पनि उक्त सामाग्रीकोे बिक्री वितरण शुरू गरिएको कम्पनीले जनाएको छ ।

अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भिरोशिल्ड उत्पादन गरेको हो ।  यसको प्रयोगले २ देखि ६ मिनेटमा कोरोना भाइरसलाई डिस्इन्फेक्ट गर्ने क्षमता राख्ने कम्पनीको दावी छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस