
९ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।
यस्तै, शुक्रबार नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस