
९ असोज, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा १४ वर्षीया किशोरीमाथी बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका ५ श्रीपुर बस्ने ५९ वर्षीय टेक बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार गरेको सुराक पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति टेक बहादुरलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस