समाचार

कञ्चपुरबाट २ लाख ४४ हजारसहित १९ जुवाडे पक्राउ

playing cards

९ असोज, काठमाडौं । जिल्ला प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जुवाडे  पक्राउ गरिएको प्रहरीले  जनाएको छ ।

स्थानीय तेजबहादुर ऐरले आफ्नै होटेलमा जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए । उनका अनुसार साहु ऐरसहित १९ जुवाडे र खालबाट १३ वटा तासको गड्डीसहित दुई लाख ४४ हजार रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेमा कैलाली र कञ्चनपुरका स्थानीय रहेका छन् ।

प्रहरीका अनुसार  कैलालीकाे गोदावरी नगरपालिकाका प्रकाश बोहोरा, घनश्याम खत्री, गोविन्द पाण्डे, नरेश रोकाया, सुरज बुढा, मीन गुरुङ, विक्रम सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका खकेन्द्र बोहरा, विष्णु भट्ट र शुक्लाफाँटा नगरपालिकाका एकेन्द्र सुनार, गगनबहादुर ऐर, बालकृष्ण राना, जयबहादुर ऐर, सुवर्ण विष्ट, हरिश जोशी, विक्रम भण्डारी, विनोद विष्ट, ज्ञानु ऐर र मीनबहादुर ठकुल्ला पक्राउ  परेका छन् ।

उनीहरुमाथि जुन ऐनअनुसार कारवाही गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस