बैँक / वित्त

एभरेष्ट बैंकका ग्राहकहरूले होटल अलफ्टमा १५% छुट पाउने

ebl cash discount

९ असोज, काठमाडौं । एभरेष्ट बैंकले होटल अलफ्ट ठमेलसँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । होटल अलफ्ट ठमेल एक पाँचतारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाइनका लागि प्रख्यात रहेको छ ।

यस सहकार्यअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फूड, वेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५% छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेकअवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगत्तै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।

यस सम्झौताअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस