अटो

टाटा मोटर्सको दशैं अफरः ४ लाखसम्मको नगद छुटसहित सरप्राइज गिफ्ट पनि

tata motors

९ असोज, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा मोटर्स दशैं अफर सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा रु चार लाखसम्मको आकर्षक नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राईभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा रु पचास हजार सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।

बडादशैंको शुभ अवसरमा ग्राहकहरुले टाटा मोटर्सको जुनसुकै सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु टाटा एच फाईभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडीहरु अवलोकन, टेष्ट ड्राइभ तथा खरिद गरि यो योजनाको भरपुर फाईदा उठाउन सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस