समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

Weather Forecast

१० असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापिय क्षेत्र उत्तर-पुर्वतर्फ सर्दैछ ।

महाशाखाले हाल कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही  प्रदेश न. १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुर्इ स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश नं १ र  प्रदेश नं २ को एक, दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

यता, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश नं १ र गण्डकी  प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस