समाचार

रौतहटमा दम्पतीमाथि धारिलो हतियार प्रहार, श्रीमतीको हत्या

murder rautahat

१० असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी धारिलो हतियार प्रहार भएको छ ।

४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश तिवारी घाइते भएका छन् भने उनकी पत्नि जगरामी देवीको मृत्यु भएको छ । हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय बलिराम मुखिया रहेको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आक्रमणमा परी गम्भीर घाइते भएका महेशको वीरगञ्जस्थित एलएस न्युरो अस्पतामा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *