समाचार

५ किलो अफिमसहित तुलसीपुरबाट २ जना पक्राउ

aphim sahit pakrau

१० असोज,  दाङ । दाङको तुलसीपुरबाट प्रहरीले ५ किलो लागुऔषध अफिम सहित २ जना पक्राउ गरेको छ ।

शुक्रवार साँझ करिब ८ बजेतिर तुलसीपुर-६ गुम्राहचोकबाट रोल्पा साबिक गाविस थवाङ-५ का ४६ बर्षीय कर्म कुमार बुढा र उनकी ४६ बर्षीय श्रीमती राज कुमारी रोकालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा  उनीहरुलाइ अफिमसहित पक्राउ परेको जानकारी दिए ।  एसपी चन्दले  उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस