अर्थनीति

कोरोना महामारीका बीच दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन

tax 1

१० असोज, दाङ । कोरोना महामारीको समयमा पनि दाङमा सवा तीन अर्ब राजश्व सङ्कलन भएको छ । जिल्लाका सङ्घ, प्रदेशअन्तर्गतका कार्यालयहरु र स्थानीय तहमा सो राजश्व सङ्कलन भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तसम्म यी कार्यालयहरुले तीन अर्ब १६ करोड रुपैयाँ राजश्व सङ्कलन गरेका छन् । तीमध्ये सबैभन्दा धेरै आन्तरिक राजश्व कार्यालयले दुई अर्ब १० करोड रुपैयाँ राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

ती मध्ये सङ्घ सरकारअन्तर्गत रहेका कार्यालयहरुले दुई अर्ब ५४ करोड रुपैयाँ बढी राजश्व सङ्कलन गरेका छन् भने प्रदेश सरकारअन्तर्गतका कार्यालयहरुले ६२ करोड १६ लाख रुपैयाँ राजश्व सङ्कलन गरेका छन् ।

कार्यालयका अनुसार दाङमा जिल्ला अदालत, घोराही उपमहानगरपालिका, प्रगन्ना तथा बड्का पथ सिँचाइ आयोजना, जिल्ला ट्राफिक कार्यालय, नापी कार्यालय र मालपोतलगायतले सबैभन्दा धेरै राजश्व सङ्कलन गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस