
१० असोज, काठमाडौं । काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ५८३, भक्तपुरका ६३ र ललितपुरका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, शनिबार नेपालमा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस