समाचार

पाकिस्तानका लागि नेपाली पूर्व राजदूत राजभण्डारीको निधन

pushkar Singh

१० असोज, काठमाडौं । पूर्व राजदूत पुष्करमान सिंह राजभण्डारीको ८० वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा गए राति निधन भएको परिवारले जनाएको छ ।

पाकिस्तानका लागि नेपाली पूर्वराजदूत राजभण्डारीले अफगानिस्तान, टर्की, ईरानका लागि राजदूतको भूमिका निर्वाह गरेका थिए ।

पूर्व राजदूतहरूको संस्थाका अध्यक्ष समेत रहेका राजभण्डारीले परराष्ट्र मन्त्रालयमा १९७१ देखि २००६ सम्म विभिन्न पदमा रहेर काम गरेका थिए । राजभण्डारीको श्रीमती र चार छोराछोरी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस