खेलकुद समाचार

आईपीएल : कोलकाताको पहिलो जित

KKR

११ असोज, काठमाडौं । शुभमन गिल र इयोन मोर्गनले ७० बलमा ९२ रनको अविजित साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ ।

शनिबार भएको सिजनको आफ्नो दोस्रो खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद स्टेडियममा हैदरावादले दिएको १४३ रनको लक्ष्य पछएको कोलकाताले १८ ओभरमा ३ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।

कोलकाताका लागि ओपनर शुभम गिलले अर्धशतकीय पारी खेले । ६२ बल खेलका उनले ४ चौका र २ छक्काको सहयोगमा ७० रन बनाए । त्यस्तै आइन मोर्गानले ४२ रन बनाउँदा नितेस रानाले २६ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि राशिद खान, थनगारसु नटराजन र खलेल अहमेदले समान एक–एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४२ रन बनाएको थियो । हैदरावादका लागि मनिश पाण्डेले अर्धशतकीय पारी खेले ।

३८ बल खेलेका उनले ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । त्यस्तै विर्दिमान शाहले ३० रन बनाउँदा, डेविद वार्नरले ३३, मोहमद नावीले ११ रन बनाए ।  बलिङतर्फ कोलकाताका लागि प्याट कमिन्स, वरुन चक्रवर्ति र आन्द्रे रसेलले समान एक–एक विकेट लिए ।

पहिलो खेलमा हैदराबाद बेंगलोरसँग १० रनले पराजित भएको थियो । कोलकाताले मुम्बई इन्डिन्यसँग ४९ रनले पराजित भएको थियो । कोलकाताले दोस्रो खेलमा जित निकाल्दा भने हैदरावादको यो दोस्रो हार हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस