विश्व/प्रवास

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

covid 19 death

११ असोज, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप  २१ नेपालीको मृत्यु भएकाे छ ।

गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी थप २१ जनाकाे मृत्यु भएकाे हाे । यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय ६५ पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म नेपालबाहेक विभिन्न ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ३५ हजार ७८ जना कोरोना  संक्रमणमुक्त भएका छन् ।

समितिका संयोजक डा संजीव सापकोटाले यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस